Logo

राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको दाबी : मलाई एमालेका सांसदहरुले पनि मत दिनुहुन्छ



काठमाडौं, २५ फागुन । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद भवनको मतदानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने बताए । पौडेलले सुरुदेखि नै आफूलाई संसद्का सबै दलले साथ दिने बताउँदै आएका छन् ।

उनले आफू आफू राष्ट्रपतिमा निर्वाचित भए राम्रो काम गरेर देखाउने पनि विश्वास दिलाएका छन् । उनले गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने धारणा राखे । उनले शितलनिवासबाटबाट बाहिर हिँड्दा जाम नहुने पनि बताएका छन् ।

Photo Source: Ganesh Khadka/Facebook



प्रतिक्रिया दिनुहोस्