Logo

घट्यो सनुचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, फागुन २५ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। बुधबार तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८६ हजार ५ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot