Logo

वाइसिएल अध्यक्षको आक्रोश : पार्टीभित्र र बाहिर आक्रमण र रक्षा दुवै प्रचण्ड एक्लैले गर्ने हुन ?



काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज श्रीपालीले अध्यक्ष पुष्पकमल दाहालले मात्रै पार्टीभित्र र बाहिरको आक्रमण र रक्षा दुवै एक्लैले गर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो प्रश्न गरेका हुन् । उनले सर्बोच्चको मुद्दा सर्वोच्च कमाण्डर प्रचण्डलाई मात्र हो की जनयुद्ध लडेका सबैलाई हो ? भन्दै अर्को प्रश्न तेर्साएका छन् । उनले लेखेका छन्-

पार्टीभित्र र बाहिर आक्रमण र रक्षा दुबै प्रचण्ड एक्लैले गर्ने हुन रु वा अरु पुस्ता पनि जिबीत छ रु आजभोलि यी प्रश्नले बेस्सरी हल्लाएको छ । पद प्राप्ति लोभलालच बिलासीता आफ्ना पराइको हिसाब मात्र कमरेडहरूको भुमिका होकि संकटको बेला नेतृत्व वरिपरि गोलबन्द हुने बिषय मुख्य हो । यहाँ केही नेताहरुको कुरा होइन माओवादीको पदाधिकारी, स्थायी कमिटी अनि ५८२ सदस्यीय केन्द्रीय कमिटी किन चुपचाप छ रु किन बोल्दैन कोहि रु कुन शक्तिले रोकेको छ रु सर्बोच्चको मुद्दा सर्बोच्च कमाण्डर प्रचण्डलाई मात्र होकि जनयुद्ध लडेका सबैलाई हो रु यति गम्भीर सवालमा किन हराउँदै छन आशा गरेका अनुहारहरूरु हामी सबैले गम्भीर भएर सोच्न बुझ्न अनि लड्न जरुरी छ ।

यो षड्यन्त्र माओवादी जनयुद्ध शान्ति प्रक्रिया अनि सिंगो उपलब्धि विरुद्धको हो । त्यसो हो भने किन मौन होत कमरेड रु अलिकति अप्ठ्यारोलाग्दैन यतिका हुँदा समेत तपाइँ बेखबर गुमनाम हुँदा रु चाहिदा पार्टी साथी अनि नचाहिदा भुमिगत रु यो पटक्कै भएन । परिवर्तनको रक्षा र महान जनयुद्धको गौरवपुर्ण इतिहासको सम्मानको लागि म लड्नुपर्छ, तपाईं जाग्नुपर्छ, हामी सबै माओवादी एक भएर देशी बिदेशी प्रतिक्रियावादी र साम्राज्यवादी षड्यन्त्र विरुद्ध आगो बन्नुपर्छ । त्यसैले समिक्षा पछि गरौंला अहिलेलडाइ जित्नुछ ।

कदम रोकेर होइन आम जनतालाई साथमा लिएर बरु अर्को बिद्रोहको लागि तयार हुने तर नझुक्ने नचुक्ने यात्रामा जुटौं । तर मौन रहन भुमिगत बन्न थाहा पाएर अन्जान बन्ने छुट तिमिलाई हामी कसैलाई छैन । एउटा पार्टी पार्टी ८ घटकमा बिभाजन भैसक्दा पनि एमालेमा रहेका बाहेक अझै सबै अटनुपर्ने एक रहिराखेका दलहरुको केन्द्रिय संरचना भन्दा अनुहार हेरेरै उनलाई तिनलाई अटाउनकै लागि दुई डिजिटको होइन तीन अनि चार डिजिट सम्म पनि कोहि मान्छे नअटाउने अपुग हुने ठुला किसिमको बहुरुपी संरचन खारेज गरौं ।

पार्टी सदस्यदेखि हाल केन्द्रिय नेता सबैलाई एउटै सांगठनिक अनुशासनमा परिचालन गरौं । दुई डिजिटको केन्द्रीय समिती र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाउ । यसैमा हामी सबैको भलो र भविष्य छ । केन्द्रिकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot