Logo

आठ दलीय गठबन्धनमा फाटो सुरु, जसपालाई उपराष्ट्रपति नदिने कांग्रेसको अडान



काठमाडौं, २६ फागुन । राष्ट्रपतिको निर्वाचनलाई लिएर आठ दलको गठबन्धन बनेको छ । हिजो मुलुकले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाइसकेको छ । अब सत्ता गठबन्धन उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ । सत्ता गठबन्धनमा यसअघि उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने सहमति भएको चर्चा थियो ।

सोहीअनुसार जसपाले हिजो उपराष्ट्रपतिमा पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरुले भने जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको दाबी गरेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको दाबी गरेका छन् ।

आजै नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । र, उपराष्ट्रपतिमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने सो दलको निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्