Logo

उपराष्ट्रपतिको उम्मेदवार टुँगो लगाउन प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक



काठमाडौं, २६ फागुन । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवार टुँगो लगाउन गठबन्धनको बैठक बस्न लागेको हो । उपराष्ट्रपतिको लागि भोलि मनोनयन दर्ताको कार्यतालिका छ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवारको लागि महिला हुनुपर्ने अनिवार्यता गरेको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी छन् ।

यसअघि गठबन्धनबाट उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति भएको चर्चा थियो । तर, उपराष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ताको अघिल्लो दिन आज गठबन्धनका मुख्य घटकहरु कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्