Logo

निर्यातलाई जीडीपीको २० प्रतिशत पुुर्‍याउने लक्ष्य



काठमाडौं, फागुन २७ । निर्यात व्यापारलाई कुुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ ।

जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तुु तथा सेवाको अनुुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो ।

जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुुपात बढाएर ५५ प्रतिशत पुर्‍याउने लक्ष्य रणनीतिमा राखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ ।

मन्त्रालयका उपसचिव भक्तराज जोशीले रणनीतिको मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागिएको जानकारी दिए । निर्यात प्रवर्द्धन गरी आयात न्यूूनीकरण गर्ने लक्ष्यसहितको रणनीति स्वीकृत भएपछि कार्यान्वयनमा आउने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot