Logo

उपराष्ट्रपतिमा ममता झाले दर्ता गराईन् उम्मेदवारी



काठमाडौं, २७ फागुन । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । झाले निर्वाचन अधिकृत को कार्यालय नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि जनमत पार्टीबाट झाले उम्मेदवारी दिएकी हुन् ।

उनको समर्थक अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot