Logo

उपराष्ट्रपतिका उम्मेद्‍वार यादवविरुद्ध एमालेपछि जनमतको पनि उजुरी



काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएका जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध दुईवटा उजुरी परेको छ।

यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपतिका अर्का उम्मेद्‍‍वार ममता झाले निर्वाचन आयोगमा उजुरी दिएकी हुन्।

उनले राष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै शनिबार नै आयोगमा उजुरी दिएकी हुन्।

यसअघि यादवविरुद्ध एमालले पनि उजुरी गरेको थियो।

यादवको उम्मेदवारी संविधान र कानूनविपरीत रहेको भन्दै एमालेबाट उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएका अष्टलक्ष्मी शाक्य र सांसद् महेश बर्तोलाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

शनिबार मनोनय दर्ता गराएका यादवविरुद्ध शाक्य र बर्तौलाले आयोगले नै उपराष्ट्रपतिमा महिला उम्मेद्‍वार हुनुपर्ने भनेको तर जसपाले पुरुष उम्मेद्‍वार उठाएको भन्दै उम्मेद्‍वारी नै खारेज हुनुपर्ने माग राखेर शनिबार नै उजुरी दर्ता गराएका हुन्।



प्रतिक्रिया दिनुहोस्