Logo

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायमै रहने आयोगको निर्णय, उपेन्द्र यादव उत्साही



काठमाडौं, २८ फागुन । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज यस्तो निर्णय लिएको हो । यसअघि यादवको उम्मेदवारी बदर गर्न माग गर्दै उजुरी परेको थियो । त्यस सम्बन्धमा यादवले आफ्नो तर्फबाट आजमात्रै स्पष्टीकरण (जवाफ) बुझाएका थिए ।

सोलगत्तै आयोगले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो । यादवलाई सत्ता गठबन्धनको साथ छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत्र ३ गते हुँदैछ । उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपाबाटै प्रमिला यादवको उम्मेदवारी परेको थियो । रामसहायको उम्मेदवारी कायम रहेपछि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छिन् ।

रामसहायको उम्मेदवारी कायम रहेसँगै उनी निर्वाचित हुने सम्भावना प्रवल रहेको छ । योसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवको संसद् छिर्ने सम्भावना बलियो बनेको छ । रामसहाय निर्वाचित भएपछि रिक्त रहने उनको क्षेत्रमा उपेन्द्र यादव उपनिर्वाचनमा लड्ने निश्चित् भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्