Logo

प्रकाण्डलाई लिएर विप्लव झलनाथको निवासमा, वामपन्थी एकताबारे छलफल



काठमाडौं, २८ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाललाई भेट्न विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई लिएर डल्लु पुगेका थिए ।

सो क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । उनीहरुबीच वामपन्थी एकताका विषयमा पनि कुराकानी भएको जनाईएको छ । आजमात्रै विप्लव माओवादी धाराहरुको संयुक्त पत्रकार सम्मेलनमा कडा रुपमा प्रस्तुत भएका थिए ।

पछिल्लो समय विप्लव प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग निकट छन् । प्रचण्डले पनि छिट्टै समाजवादी मोर्चा बन्ने घोषणा गरेका छन् । विप्लव र खनालबीचको भेटवार्तालाई समाजवादी मोर्चा गठनको लागि वार्मअप दौडको रुपमा लिईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot