Logo

रास्वपा तत्काल सरकारमा सहभागी नहुने, चितवन–२ मा उपनिर्वाचनको तयारीमा लागेको सभापति रवि लामिछानेको भनाई



काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सो दलका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको स्पष्ट पारेका हुन् । आज (सोमबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको सुनाए । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’ यद्धपी लामिछानेले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए ।

उनले बैशाख २ गते हुने चितवन–२ को उपनिर्वाचनको लागि आफूले तयारी थालिसकेको पनि बताए । रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । रास्वपाले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot