Logo

आज कहाँ–कहाँ बर्षा ?



काठमाडौं, फागुन ३० । आज देशका पहाडी र तराईका केही भु–भागमा आज हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भने आज राति मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot