Logo

सिभिल अस्पतालले माग्यो ११२ जना कर्मचारी, कुन पदमा कति ?



काठमाडौं, फागुन ३० । मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । सार्वजनि सूचनामा आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सकसमेत माग गरिएको छ ।

यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायकसहित पाँचौ तहमा ३ जना माग गरेको छ ।

यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७ औं तहमा १ जना ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot