Logo

पाँच जना स्टाफ नर्सलाई किन निकाल्यो वीर अस्पतालले ?



काठमाडौं, फागुन ३० । वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले सूचना गरी जानकारी दिएको छ ।

पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उपस्थिति गर्दा पनि बेवास्ता गरेको अस्पतालले बताएको छ ।

‘बिदा स्वीकृत नगरी अस्पतालबाट बसेको र पटक-पटक सूचना जारी गर्दा पनि सूचना गरेको ३० दिनभित्रमा उपस्थितिका लागि अनुरोध गर्दा पनि उक्त समयमा कार्यालयमा हाजिरी हुन आएको छैन,’ सूचनामा उल्लेख गरिएको छ ।

चि. वि. रा. प्र. नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले प्रस्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्