Logo

मन्त्रीहरू फेरिन्छन् तर सरकार फेरिँदैन : प्रधानमन्त्री दाहाल



काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका हुन्।

उनले भने, ‘राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर, सरकारको नेतृत्व र नीति फेरिँदैन। हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौं, सामाजिक न्याय, सुशासन र समृद्धि। त्यसमा हामी दृढ भएर अगाडि जान्छौं। मन्त्रीहरू फेरिनुहुन्छ। तर, सरकारको नीतिगत प्राथमिकता फेरिँदैन। त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot