Logo

खानेपानीमन्त्री अब्दुल खांन अमेरिका जाने, मन्त्रिपरिषद्ले दियो भ्रमण स्विकृति



काठमाडौं, १ चैत्र । खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जाने भएको छन् ।

मन्त्रिपरिषद्को आज (बुधबार) सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको हो ।

मन्त्री खानले मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वल्र्ड वाटर कन्फ्रेन्समा सहभागी हुन आफूलाई स्विकृति दिएको जानकारी दिएका हुन् । मन्त्री खांन जनमत पार्टीका उपाध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्