Logo

उपेन्द्र यादव उपनिर्वाचन लडे हराएरै छाड्ने लोसपासहितका मधेशवादी दलहरुको तयारी



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने अन्तिम तयारीमा जुटेका छन् । यही चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव निर्वाचित हुने निश्चित् भएको छ । सत्ता गठबन्धनको साथ नै रामसहायले पाएका छन् । निर्वाचनको गणित उनको पक्षमा भएकोले उनी निर्वाचित हुने निश्चित् छ ।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित हुनेबित्तिकै उनको निर्वाचन क्षेत्र खाली हुन्छ । सो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्नेछ । जसपाले रामसहायको निर्वाचन क्षेत्र बारा–२ मा पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नै लडाउने तयारी गरेको छ । तर, उपराष्ट्रपतिको निर्वाचनको मुखमा भने यादवले तनावको महशुस गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनमा नै रहेका मधेशवादी दलले जसपाविरुद्ध मोर्चाबन्दी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले जसपाविरुद्ध मोर्चाबन्दी कसेका छन् । उनीहरुले जसपाका उम्मेदवारविरुद्ध अर्को साझा उम्मेदवारी दिएका छन् । जनमत पार्टीकी ममता झाले उपराष्ट्रपति दिएकी छिन् । झालाई लोसपा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन छ ।

उपेन्द्र यादवलाई उपनिर्वाचनमार्फत संसद्मा छिर्न नदिन यी तीन दलले कसम खाएको चर्चा सुरु भएको छ । बारा–२ मा जसपाको राम्रो पकड मानिएको छ। तर, एमाले, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरे उपेन्द्र यादवलाई चुनाव जित्न फलामको चिउरा चपाएरसरह हुने मधेशका राजनीतिक विश्लेषकहरुको दाबी छ । यादवले भने निर्वाचनको तयारी गरिसकेका छन् । यो बीचमा उनले बारा–२ मा विभिन्न राजनीतिक भेटवार्ता पनि सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot