Logo

नेपाल आयल निगमले किन्यो बिवाइडीको तीन वटा बिजुली गाडी



काठमाडौं, १ चैत्र । नेपाल आयल निगमले बिवाइडीको तीन वटा बिजुली गाडी किनेको छ।आन्तरिक प्रयोजनका लागि गाडी किनेको हो। पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले बिजुली गाडी किनेको निगमले जनाएको छ।

डिजेल-पेट्रोलको कारोबार गर्ने आयल निगमले नै बिजुली गाडी किन्दा अन्यलाई पनि बिजुली गाडी प्रयोग गर्न हौसला मिल्ने बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्। उनले भनिन्-‘हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरूको प्रयोगका लागि उत्प्रेरकको रूपमा काम गर्ने छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot