काठमाडौं, १ चैत्र । लगातार रुपमा घटिरहेको शेयर बजार आजपनि घटेको छ । नेप्से आज १४ दशमलव ४४ अंकले घटेर १९३८ दशमलव ६२ अंकमा खुम्चिएको छ ।
बजार खुलेदेखिनै घटबढ भईरहेको बजारमा आज एक अर्ब २० करोड २१ लाखभन्दा बढीको ३७ लाख १६ हजार कित्ता बराबरको शेयर किनबेच भएको छ । आज कारोबार भएका २१४ कम्पनीमध्य १४९कम्पनिका लगानिकर्ताले गुमाएका छन् । ५१ कम्पनिका लगानिकर्ताले भने नाफा कमाएका छन् त्यस्तै १४ कम्पनिको मुल्य आज स्थिर रह्यो ।