Logo

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरू



काठमाडौं, वैशाख २३ । यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ आजदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।

एक हप्तासम्म सञ्चालन हुने यस मेलाको नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले उदघाटन गरेका हुन् । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot