चैत्र १, काठमाण्डौ । मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताउनुभयो । उहाँले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना पु¥याउनु जरुरी रहेको भनाइ राख्नुभयो । “हामी सबै उपभोक्ता हाँै । हाम्रा साझा अधिकार, परिणाम प्राप्त गर्नका लागि स्वप्रेरित भई स्वस्थ र स्वच्छ वस्तु तथा सेवा प्रयोग गर्नका लागि सबैले आ–आफ्नो कर्तव्य पूरा गरी असल अभ्यास ल्याउनुपर्दछ”, उहााले भन्नुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले कार्यक्रममा विभागका कार्यसम्पादन प्रस्तुुत गर्दै अनुगमन कार्र्य सङ्घीय संरचनामा सञ्चालन गरिएको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीेले आफ्नो अधिकारको ठूलो निरीक्षणकर्ता आफै भएको बताउनुभयो । “निरन्तर रुपमा गुणस्तरीय ढङ्गबाट अघि बढेसके परिवर्तन सम्भव छ”, उहाँले भन्नुभयो, “मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग आम उपभोक्ताको हकहित संरक्षणको लागि प्रतिबद्ध छ ।”
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उपभोक्ता हक, अधिकारका विषयमा वस्तु तथा खाद्य मात्र नभइ स्वच्छ वातावरणमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । महानगरपालिकाले ‘फुड हाइजिन’लाई विशेष ध्यान दिई विज्ञ टोली सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
उहाँले महानगरले व्यवसाय दर्ता अभियानका रुपमा सञ्चालनमा ल्याएको, घर बहाल व्यवस्थापन निर्देशिका बोर्डबाट पास गरेको, बजार अनुगमनसहित सचेत कार्यक्रम सञ्चालन गरेको तथा उपत्यकामा फलफुल तथा तरकारीमा विषादीको परीक्षण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
उपप्रमुख डङ्गोलले उपभोग्य वस्तु तथा सेवामा बजार अनुगमन गर्ने काम प्राथमिकताका साथ सञ्चालन भएको बताउनुभयो । उपभोक्ता हितसम्बन्धी काम प्रभावकारी ढङ्गले अनुगमन गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयन गर्ने भन्दै स्वचालित अनुगमन प्रणाली बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरुले उपभोक्ता अधिकार संरक्षणका लागि अनुगमन समिति क्रियाशील हुनुपर्ने, सर्वोच्च अदालतले दिएका आदेश र संविधानले गरेको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । अस्वभाविक रुपमा वस्तु तथा सेवामा बढेको मूल्य घटाउन, विपन्न वर्गलाई सहुलियत दरको व्यवस्था गर्न नेपाली उपभोक्ता संरक्षण गर्न महासङ्घले जोड दिएको छ ।
‘स्वच्छ ऊर्जामार्फत् उपभोक्ता सशक्तिकरण” राष्ट्रिय नारासहित मनाइएको विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मुख्यसचिव वैरागीले उपभोक्ता हितसम्बन्धी ‘डिजिटिल पुस्तिका’ विमोचन र उपभोक्ता जागरण गीत सार्वजनिक गर्नुभयो । रासस