Logo

नेविसंघको नेतृत्वमा सिन्धु भ्याली



काठमाडौं, १ चैत्र । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर एकमा रहेको सिन्धु भ्याली क्याम्पस भोटेचौरमा सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी चयन भएका छन् ।

फागुन २९ गते सोमवार सो क्याम्पसमा स्ववियु निर्वाचन उपसमिति २०७९ को बैठकले निर्वाचन, उपसमिति, समन्वय र सहजीकरण समिति विद्यार्थी एकाइ समितिहरू तथा विद्यार्थी संघ/संगठन/समूहका उम्मेदवारको संयुक्त बैठकले सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी चयन भएका हुन् ।

रूपमा चयन भएका स्ववियु पदाधिकारीहरूमा सभापति पदमा सुरज चौलागाईं, उपसभापति राजकुमार रोक्का, सचिव नवीन कार्की, उपसचिव लीलानाथ चौलागाई, कोषाध्यक्ष मीना चौलागाईं छन् । यस्तै सदस्यहरूमा राजाराम चौंलागाई, गंगा दुलाल, मनीषा गुरुङ, शीला न्यौपाने, रविना परियार र कल्पना तामाङ रहेका छन् ।

उनीहरूमध्ये सभापति, उपसभापति, उपसचिव र सदस्यद्वय गंगा दुलाल तथा मनीषा गुरुङले नेपाल विद्यार्थी (नेवि) संघबाट प्रतिनिधित्व गर्छन् । यस्तै सचिव र सदस्य रविना परियार अखिल क्रान्तिकारीबाट, कोषाध्यक्ष अखिल (नेकपा एकीकृत समाजवादीनिकट) बाट, सदस्यद्वय राजाराम चौंलागाईं र कल्पना तामाङ अखिल (एमालेसमर्थक) बाट तथा शीला न्यौपानेले राप्रविसंबाट प्रतिनिधित्व गर्नेे स्थानीयवासी मधुकर चौंलागाईले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot