Logo

विप्लवको चेतावनी– ‘जनयुद्धलाई अपराधीकरण गर्नेले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ’



काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध नेपाली जनताले लडेको एकमात्र युद्ध भएको बताएका छन् । आज (सोमबार) नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीचका पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालको इतिहासमा अपवादको रुपमा रहेको जनयुद्धलाई अपराधीकरण गर्ने कोसिश गरिएमा आफूहरुलाई सह्य नहुने बताए । जनयुद्ध फाँसीजम् विरुद्धको युद्ध भएको उनले बताए । क्रान्ति गर्ने मान्छेलाई अपराधीकरण गर्ने कार्य आफैंमा आपत्तिजनक रहेको उनले बताए ।

‘जनयुद्धमात्रै अपवाद हो एउटा जो जनताले लडेको युद्ध हो । तर, त्यो युद्दलाई मात्रै यहाँ अपराधीकरण गरिँदैछ । जनयुद्ध नेपाल अपवाद हो । जनताले लडेको युद्ध हो । सुकुम्वासी, महिला, मजदुर, श्रमिक जनताहरुले लडेको यो अपवादको एउटा युद्ध हो । लडेका मान्छेलाई पनि अपराधीकरण गर्न काम भइरहेको छ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन् । जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि त्यसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ । त्यसले नेपालको राजनीतिक आन्दोलनमा उसले आफ्नो अस्तित्व पनि ख्याल गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot