Logo

उपराष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले भोट नहाल्ने



काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने भएको छ । यसअघि फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय गरेको हो ।

आज (बुधबार) बसेको सो दलको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय लिएको हो । सरकारबाट बाहिरिएसँगै राप्रपा आक्रामक रुपमा प्रस्तुत भएको छ । पार्टीभित्र सरकारमा सहभागी भएको विषयमा पनि सुरुमा आलोचना भएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्