Logo

पीएनजीलाई हराएको युएई भोलि नेपालसँग भिड्दै



काठमाडौं, १ चैत्र । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको पपुवा न्युगिनी(पीएनजी) र युएईविरुद्धको अन्तिम खेलमा युएई विजेता भएको छ।

टस जितेर पहिला ब्याटिङ् गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन जोडेको थियो।

२३५ रनको जवाफी लक्ष्य पाएको युएईले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै २३६ रन जोड्यो।

आजभएको खेलमा युएईका मुहम्मद वासिम प्लेयर अफ द म्याच घोषित भए। उनले ७६ बलमा ११९ रन जोडेका थिए।

यसअघि लगातार ४ खेल हारेको युएई भोलि(बिहीबार) नेपालसँग भिड्ने छ। दुईटै टोलीका लागि भोलिको खेल फाइनल सरह हुनेछ।

नेपालले भोलिको खेल जित्दा विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ भने युएईले जित्दा अहिलेको विश्वकप लिग २ को स्थानमा यथावत रहनेछ।

७ टोली सम्मेलित लिग २ मा अंक तालिकाको शिर्ष ३मा रहेका टोलीले विश्वकप छनोटका लागि स्थान बनाउँदा प्रमुख ५ टोलीले अहिलेको लिग २ को स्थानमा यथावत रहनेछन्। पुच्छारका २ टोलीभने लिग २ गुमाउनेछन्।

भोलि नेपाल र युएईले विश्वकप लिग २ को अन्तिम खेल खेल्नेछन्। अंक तालिकाको चौथो स्थानमा रहेको नेपालले भोलि युएईलाई हराए नामेबियालाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लनेछ।

यस्तै भोलिको खेल युएईले जिते अंक तालिकाको पाँचौमा रहेको अमेरिकालाई पछाडि पार्दै आफूलाई अंक तालिकाको अन्तिम पाँचमा सुरक्षित राख्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot