काठमाडौं, १ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको बैठक सुरु भएको छ।
बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा उपराष्ट्रपति निर्वाचन र समसमायिक विषयमा छलफल हुने बताइएको छ।
उपराष्ट्रपतिका लागि सत्तारुढ १० दलीय गठबन्धनबाट ३ जनाको उम्मेद्वारी पर्दा नेकपा (एमाले)बाट १ जनाको उम्मेद्वारी परेको छ।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।
तस्बिर : प्रदिपराज वन्त