Logo

प्रचण्डलगत्तै माधव नेपाल प्रधानमन्त्री बन्ने, देउवाको पालो कहिले ?



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको शीर्ष तहमा भएको समझदारी अनुसार माओवादीलगत्तै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने भएको छ । अहिले माओवादी केन्द्रबाट प्रचण्डले सरकारको नेतृत्व गरेका छन् । यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने भएका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । आज (बिहीबार) पार्टीको ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो खुलासा गरेका हुन् । यो संसद्को पाँच वर्षको अवधिमा माओवादी केन्द्र, नेकपा (एस) र नेपाली कांग्रेसले क्रमशः सरकारको नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दुई वर्ष, माधव नेपालले एक वर्ष र देउवाले दुई वर्ष प्रधानमन्त्री खाने समझदारी भएको छ । देउवाले भने निर्वाचन गराउनेगरि अन्तिममा देशको नेतृत्व लिने योजना बनाएका छन् ।

प्रधानमन्त्री दाहालले यही चैत्र ६ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसलगत्तै सरकारलाई पूर्णता दिने उनको योजना छ । त्यतिवेला अहिलेको सत्ता गठबन्धनबाट सबै दलको प्रतिनिधित्व सरकारमा हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्