Logo

बद्रि न्यौपानेले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यहरु बास्तोला र कोइरालाविरुद्ध न्याय परिषद्मा हाले उजुरी, बारलाई गराए जानकारी



काठमाडौं, २ चैत्र । पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु बलभद्र बास्तोला र शालिकराम कोइरालाले न्याय सम्पादन गर्दा न्याय मारेको र अदालतलाई समेत विवादमा पारेको भन्दै उनीहरुलाई इजलासमा बस्न रोक लगाई हदैसम्मको सजाय गर्न माग गर्दै न्याय परिषद्मा उजुरी हालेका छन् । परिषद्मा न्यौपानेले हिजो (बुधबार) उजुरी हालेका हुन् ।

उनले आफ्नो नाम मुछिएको भ्रष्टाचार मुद्दामा उनीहरुले सस्तो लोकप्रियता हाँसिल गर्नको लागि मुद्दामा रहेका प्रमाणको अध्ययन नै नगरी फैसला गरेको आरोप लगाएका छन् । न्यौपानेले आफूले न्याय परिषद्मा हालेको उजुरीको जानकारी नेपाल बार एशोसिएशनलाई पनि गराएका छन् । उनले बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई आज (बिहीबार) भेटेर सो सम्बन्धमा जानकारी गराएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी गराए ।

यसअघि न्यौपानेले पत्रकार सम्मेलन गरेर आफूमाथि ठूलो अन्याय भएको बताएका थिए । सो क्रममा उनी धरधरी रोएका थिए । अदालतको फैसलालाई आफूले मान्नुको विकल्प नभएको उल्लेख गर्दै सो फैसलाअनुसार जरिवाना तिर्न, धरौटी राख्न आफूसँग कुनै सम्पत्ति नभएको पनि न्यौपानेको भनाई थियो । उनले आफूलाई सुकुम्बासीको रुपमा चित्रण गरेका थिए ।

यस्तो छ उनले न्याय परिषद्मा दर्ता गराएको निवेदन

विशेष अदालतको फैसलालाई लिएर पूर्वमन्त्री न्यौपानेको पत्रकार सम्मेलन : फैसला अन्यायपूर्ण र विवेकहीन छ (वक्तव्यसहित)



प्रतिक्रिया दिनुहोस्