काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । उनले दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको र अहिले प्रचण्डले कांग्रेसलाई आफ्नो सहयात्री छनोट गरेकोले दाहाल प्रधानमन्त्री नियुक्त भएको आधार समाप्त भएको सुनाए ।
उनले प्रचण्डलाई एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्-
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा ९एमाले० को समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर, अहिले उहॉले नेपाली कांग्रेसलाई आफ्नो सहयात्री छनोट गर्नुभएको छ र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएको छ । यससँगै उहॉ प्रधानमन्त्री नियुक्त हुँदाको राजनीतिक आधार समाप्त भइसकेको छ । यस्तो अवस्थामा उहॉले एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुन्छ ।