काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन्।
लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले चैत्र ६ गते विश्वासको मत लिएपछि त्यसको ४ दिनभित्र सरकारलाई पूर्णता दिने बताएका छन्।
उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’