Logo

काठमाडौं–२ की सांसद सोविता गौतमद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता



काठमाडौं, ४ चैत्र । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन् । सो क्रममा उनले मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालाई पूर्णता दिनुपर्ने विषय उठाएकी छिन् ।

आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उनले रंगशालालाई पूर्णता दिनेसँगै आफ्नो क्षेत्रका विभिन्न विषयवस्तु कुरा राखेकी थिईन् । सांसद गौतमले उठाएका विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot