Logo

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै



काठमाडौं, चैत ५ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

कार्य सम्पादन समितिको बैठक अहिले बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ भने मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो ।

दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ ।

नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका हुन् । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot