Logo

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय, छिट्टै सरकारमा सहभागी हुने



काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि विश्वासको मत दिने र सरकारमा पनि छिट्टै सहभागी हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले भोलि (सोमबार) संसद्मा विश्वासको मत लिने कार्यतालिका छन । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने भएको हो । सो क्रममा सभापति शेरबहादुर देउवाले पनि समावेशिताको आधारमा सबैको भावनालाई समेटेर मन्त्री बनाईने बताएका थिए ।

उनले सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने वचन दिएका छन् । यस्तै, आजैबाट कांग्रेसले प्रतिपक्षको बेञ्च छाड्ने भएको छ । आजैबाट कांग्रेसले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । Photo Source: Janak Bhatta/Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot