Logo

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



काठमाडौं, ५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

रास्वपा यसअघि दाहाल नेतृत्वको सरकारबाट बाहिरिएपनि विश्वासको मत भने कायमै राख्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री दाहालले सोमबार दोस्रो पटक विश्वासको मत लिँदैछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot