काठमाडौं, ५ चैत्र । संघीय संसद्अन्तर्गत यतिबेला प्रतिनिधिसभाको बैठक बसिरहेको छ।
प्रतिनिधिसभाको बैठकको सुरुमै सत्तापक्ष र प्रतिपक्ष दलका सांसद्हरु बस्ने ठाउँ फेरिएको छ।
यसअघि संसद्को सत्तापक्षतर्फ बसिरहेको नेकपा (एमाले) र राप्रपा प्रतिपक्ष तर्फ बसेको छनभने यसअघि आफूलाई संसद्कै प्रतिपक्षी भनिरहेको नेपाली कांग्रेस सत्तापक्षको बेन्चमा बसेको छ।
प्रतिनिधिसभामा प्रतिपक्षीको बेन्च सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहने ब्यवस्था रहेको छ।