Logo

नागरिकताविहीन संघर्ष समितिले सर्वोच्च अदालतमा मुद्दा हाल्न मेची-महाकाली अभियान थाल्ने



काठमाडौं, ५ चैत्र । नागरिकताविहीन संघर्ष समिति नेपाल, मधेश प्रदेशले चैत्र १० गतेदेखि मेची महाकाली यात्रा गर्ने भएको छ । विगत २ वर्षदेखि संघर्ष समितिले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई लगायत नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।संघर्ष समितिले कानूनी बाटोबाट नै समस्याको समाधान खोज्ने निश्कर्ष निकालेको हो ।

संघर्ष समितिले मुद्दा हाल्नेगरि तयारी थालेको छ । त्यसको लागि यही चैत्र १० गतेदेखि मेची देखि महाकाली यात्रा गर्ने र सो यात्रामा प्रमाणपत्र संकलन गरी सर्वोच्च अदालतमा एकैपटक मुद्दा हाल्ने तयारी गरेको छ । समितिले देशव्यापी रुपमा प्रमाण संकलन गरी मुद्दा हाल्दा सर्वोच्च अदालत पनि छिट्टै फैसला गर्न बाध्य हुने विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्