Logo

नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित (फोटोफिचर)



काठमाडौं, चैत ६ । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन्।

नेकपा (एमाले) निकट अखिल र नेपाली कांग्रेस निकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।

अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्। ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङले ५३९ मत पाए।

यस्तै सचिवमा नेविसंघका मनोज सिंह ६०१ मतसहित बिजयी भए भने कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङले ४२३ मत ल्याएर विजयी भएका छन्।

यसैगरी, ७ सदस्यमध्ये बहुमत ५ सदस्य एमाले निकट अनेरास्ववियुले जितेको छ। जसअनुसार अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्