काठमाडौं, ६ चैत्र । अमेरिकी राजदूत डिएन आर थम्सन र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
आज राष्ट्रपति कार्यालय शितल निवासमा राजदूत थम्सन र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेल र राजदूतबीच भेटवार्ता भएको बताएका हुन्।
उनीहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ।