Logo

जनमोर्चा सरकारमा नजाने



काठमाडौं, ७ चैत्र । राष्ट्रिय जनमोर्चा पार्टी सरकारमा नजाने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको जनमोर्चा सरकार नजाने भएको हो।

संघीय संसद्‍मा अध्यक्ष चित्रबहादुर केसीमात्रै सांसद्‍ रहेको जनमोर्चाले सरकारलाई समर्थन मात्र गरेको तर सरकारमा नजाने बताएको छ।

सरकारमा सहभागी बारे अध्यक्ष केसीले भने, ‘सरकार बनाउनका लागि विश्वासको मत दिएर समर्थन गरेका हौं। तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन। हामी जादैनौं।’



प्रतिक्रिया दिनुहोस्