Logo

चीनबाट माओवादी नेता पुनको फोन सोमबार प्रचण्ड र मंगलबार देउवालाई



काठमाडौं, ७ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चीनबाट सत्तारुढ गठबन्धनका शिर्ष दुई नेताले टेलिफोन गरेका छन्।

उपचारका क्रममा रहेका पुनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार टेलिफोन गरेको उनको सचिवालयले जनाएको छ।

नेता पुनले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर दोस्रो पटक विश्वासको मत पाएको प्रति बधाई तथा समसामायिक राजनीतिको बारेमा जानकारी लिएका थिए।

यस्तै देउवासँग मंगलबार फोन गर्दै पुनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot