Logo

जनगणनाको परिणाम आज



काठमाडौं, चैत १० । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाएको छ ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए । २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

लामिछानेका अनुसार पूर्ण विवरण सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मबाहेकका सबै विवरण सार्वजनिक हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot