Logo

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादी सरकारबाट बाहिरिने



काठमाडौं १० चैत । नेकपा माआवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने  निर्णय गरेको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरीने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको हो ।

माओवादी सरकारबाट बाहिरीए सँगै खजराज अधिकारी नेतृत्वको एमाले सरकार ढल्ने निश्रित भएको छ । अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।

अब एक महिनाभित्र अधिकारीले पुनः  ३० दिनभित्र प्रदेशसभाबाट विश्रासको मत लिनुपर्नेहुन्छ अहिेलेको अवस्थामा उनले विश्रासको मत पाउन असंम्भवजस्तै छ ।



प्रतिक्रिया दिनुहोस्