Logo

सुदूरपश्चिम प्रदेशमा छिट्टै मन्त्री थपिन्छन्ः कांग्रेस नेता



काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता भरत खड्काले सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।
‘कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ । विश्वासको मत पाएको छ । मन्त्रीमण्डलको भागबन्डामा छलफल भइरहेको छ । अब केही दिनभित्रै सरकारले पूर्णता पाउँछ । नयाँ मुख्यमन्त्री कमल शाहजी युवक हुनुहुन्छ । सबै दललाई समेटेर लैजाने क्षमता उहाँसँग छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खड्काले भने ।
प्रदेश सरकारलाई काम गर्ने वातावरण बनाउने जिम्मेवारी संघ सरकारको भएको पनि उनले औंल्याए । खड्काले थपे, ‘प्रदेशमा जुन तरिकाले विकासको गति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । संघले समयमै कानुन बनाएर प्रदेशलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ । तीनवटा सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य नगरी देश अगाडि बढ्दैन ।’
दुईचार थान मन्त्री खान र आफ्नो स्वार्थपूर्तिका लागि सरकारमा जानु अनुचित हुने पनि उनले औंल्याए । खड्काले भने, ‘अब केन्द्र सरकारमा पनि कांग्रेस सामेल हुँदैछ । सरकारमा नयाँ वा पुराना भन्दा पनि काम गर्न सक्ने, भिजन भएको र नैतिकवान् र इमानदार नेताहरुलाई मन्त्रीको रुपमा पठाउनुपर्छ । अब कुन मन्त्रालय खाने, कति खाने भन्ने खेलमा लाग्ने हो भने कसैको खैरियत छैन ।’ अब बन्ने सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वपीडितले न्याय दिने हैसियत राख्नुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot