Logo

बारा–२ को उपनिर्वाचन : उपेन्द्र यादवविरुद्ध भिड्न राजेन्द्र महतोलाई दबाब, के गर्लान् ?



काठमाडौं, ११ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि दलहरुले आफ्नो तयारी गरिरहेका छ्न । मधेश प्रदेशको बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मधेशवादी दलका हेभिवेट नेताहरुबीच नै प्रतिष्पर्धा हुने बुझिएको छ । गत मंसिर ४ गतेको निर्वाचनमा सप्तरी र सर्लाहीबाट पराजित शीर्ष नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतो यसपटकको उपनिर्वाचनमा आमनेसामने हुने भएका छन् ।

उपेन्द्र यादवले आफ्नो दलबाट सो क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि उपनिर्वाचन लड्ने मन बनाईसकेका छन् । उनले आफ्नो चुनावी तयारी पनि सुरु गरेको चर्चा छ । लोसपाका शीर्ष नेता राजेन्द्र महतोलाई पनि बारा–२ मा हुने उपनिर्वाचनमा लड्न दबाब सुरु भएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बारा–२ मा आफ्नो दलले उम्मेदवारी दिने बताईसकेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि बारा जिल्लाको भ्रमण गरेर सो क्षेत्रमा आफ्नो दलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । राउतको दलबाट हेभिवेट उम्मेदवार नभएको कारण उनले लोसपाका महतोलाई नै उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा बाहिर आएको छ ।

यद्धपी महतोले भने चुनाव लड्ने वा नलड्ने भन्नेबारे केही खुलाएका छैनन् । तर, उनीपनि संसद् छिर्ने दाउमा छन् । ०७४ मा धनुषा ३ निर्वाचित महतो ०७९ मा भने सर्लाहीमा महिन्द्र राय यादवसँग पराजित भए । उपेन्द्र यादवलाई उपनिर्वाचनमा हराउनेगरि मधेशवादी दलहरुले अर्को मोर्चाबन्दी गर्ने तयारी गरेका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot