Logo

नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने छैन : उपसभापति गुरुङ



काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा सांसद्‍ धनराज गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका छन्।

शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका हुन्।

उनले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं। नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन। इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौं भन्ने पनि उत्तिकै हामीसँग प्रण छ। उत्तिकै योजना, दृष्टिकोण पनि छ।’



प्रतिक्रिया दिनुहोस्