काठमाडौं, १० चैत्र । पर्सि(सोमबार)सम्म मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। सत्तागठबन्धनको प्रमुख घटक तथा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ।
माओवादी केन्द्रको शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद्औ विस्तार हुने बताएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले भने, ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलगअलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ। अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ।’
सचिव पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा पनि ब्रिफिङ गरेको बताए।
यस्तै, उनले आजको बैठकमा संसद्लाई सूचारु गर्नेबारेमा कसरी जाने, विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर कसरी अघि बढाउने, टीआरसी टुंग्याउने विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताए।