Logo

गठबन्धनलाई एमाले नेताको चुनौती– जथाभावी गर्नु छ भने सभामुख फेरे भइहाल्छ नि



काठमाडौं, १२ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सभामुखको अधिकार कानुन ल्याएर घटाउन नमिल्ने बताएका छन् ।
‘सभामुखले संविधानमै उल्लेख भएका काम गर्ने हो । त्यसलाई नयाँ कानुनमार्फत घटाउन मिल्दैन । गठबन्धनलाई सभामुख विपक्षी दलको भएकाले अप्ठ्यारो महसुस भएको होला । उहाँहरुलाई के कारणले चित्त नबुझेको हो ? उहाँहरुलाई नचाहिँदो गराउनु छ भने दुई तिहाइ मतले सभामुख फेर्न सक्नुहुन्छ नि । त्यसैले अनेक बहाना गरेर अड्को थाप्नु जरुरी छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै तामाङले भने ।
संसद्को बैठक प्रधानमन्त्रीले राख्न नसक्ने पनि तामाङको तर्क छ । उनले भने, ‘सरकारका कारण न्यायपालिकालाई अनि व्यवस्थापिकाका कारण सरकारलाई अप्ठ्यारो भयो भन्ने खालको कुरा पनि आएका छन् । क्याबिनेट राख्ने अधिकार प्रधानमन्त्रीलाई हुन्छ, संसद्को बैठक राख्ने अधिकार सभामुखलाई हुन्छ । सरकारको बैठक सभामुखले राख्ने होइन, संसद्को बैठक प्रधानमन्त्रीले राख्ने होइन । कार्यव्यवस्था समितिको बैठक कहिले राख्ने भन्ने अधिकार सभामुखको हो । त्यो उसको ड्युटी हो । राज्यका अंगहरु एकअर्काका परिपूरक हुन्, विरोधी होइनन् । त्यसले परस्परमा अव्यवस्था, अस्थिरता र अविश्वास पैदा हुन्छ ।’
.

 



प्रतिक्रिया दिनुहोस्

Screenshot