काठमाडौं, चैत १२ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ९ः३० बजे त्यसतर्फ लागेका राष्ट्रपति पौडेलले गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरेका छन्।
करिब दुई घण्टा गोरखामै बिताउने पौडेलले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपति पौडेल काठमाडौँ फिर्ता हुनेछन् ।