Logo

लोकतन्त्र र संघीयतामा पहिचान माग्नेको ज्यान लिनु निन्दनीय– अशोक राई



काठमाडौं, १२ चैत्र । जनता समाजवादी पार्टीका सांसद् अशोक राईले कोशी प्रदेशमा भएको घटनाको निश्पिक्ष छानविनका लागि आग्रह गरेका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राईले लोकतन्त्र र संघीयतामा पहिचान माग्ने प्रर्दशनकारी मारिनु दुःखद् भएको बताए ।

‘हामीले लोकतान्त्रिक परिपाटी स्थापना गरका छौं । संघीयता स्थापना गरेका छन् । यही लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने प्रक्रिया अत्यन्त दुःखद् र निन्दनीय छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot