Logo

लुम्बिनीमा काँग्रेस नेतृत्वमा दुई दिनभित्र सरकार बन्ने : सभापति पुन



बुटवल, १२ चैत्र । लुम्बिनी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरुले फिर्ता लिने भएका छन् । समर्थन फिर्ता लिएसंगै काँग्रेस नेतृत्वमा सरकार बन्ने भएको हाे । आइतवार माओवादी केन्द्रका मन्त्रीहरुले समर्थन फिर्ता लिएपछि एमाले मुख्यमन्त्री लिला गिरीको सरकार ढल्ने भएको हो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले समर्थन दिएका दलहरुले आज नै समर्थन फिर्ता लिने बताउँदै २ दिन भित्र का‌ग्रेस संसदीय दलका नेता डिल्लि चाैधरीकाे नेतृत्वमा सरकार बन्ने बताए ।

उनले मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा विश्वास व्यक गरे । लुम्बिनीमा जम्मा ८७ जना सांसदहरु छन् ।

जसमध्ये ५४ जना सांसदहरुले नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गरेको सभापति पुनले बताए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन तेजेन्द्र केसीले गरेकाे थिए ।



प्रतिक्रिया दिनुहोस्